‘अपहरण’ प्रकरणमा कानुनी कारबाही अगाडि बढाउन माग

 बैशाख १५, २०७७ सोमबार २०:४०:२७ | रासस
unn.prixa.net

काठमाण्डौ - प्रमुख विपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी  जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डाक्टर सुरेन्द्र यादव अपहरित भएकाे भनिएको प्रकरणमा कानुनी कारबाही अगाडि बढाउन माग गरेका छन् ।
 
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साेमबार सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने तीन दलका शीर्ष नेताको बैठकले यस विषयमा तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गर्ने निर्णय गरेको हो । 

बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरदसिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति निकाल्दै ‘स्वेच्छाचारी प्रवृत्ति’ विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भइ सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बैठकले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा गरिएको लकडाउन अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्नका लागि तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ । 

साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक जाँचलाई तीव्रता दिन बैठकले माग गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Niranjan

    April 28, 2020, 8:09 a.m.

    यो ठुलो चलखेल जस्तो लाग्यो । यो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुने पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया