नेपाल छिर्न रोकेपछि बारामा रहेको सशस्त्र प्रहरी पोष्टमा भारतीयहरुद्वारा तोडफोड

 बैशाख २५, २०७७ बिहिबार १६:१७:८ | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् ।

सुवर्ण गाउँपालिका-३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताउनु भयो ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी गराउनु भयो ।

अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा कलैयाबाट सुरक्षा निकायका प्रमुखहरु पुग्नु भएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

4 Comments

  • डिल राज पौडेल

    May 7, 2020, 8:15 p.m.

    घुँडा मुनि गोली हान्न कुन कानुनले रोक्यो ???

  •  0 Reply
  • Nabin Bhandari

    May 7, 2020, 7:25 p.m.

    नेपाल सशस्त्र माथि ढुंगामुडा गर्ने र नेपाली भूमी माथि उपभोग गर्ने भारतीय नागरिकलाई कारवाही गर्नुपर्छ / उनीहरुलाई नेपाली भूमी उपभोग गर्नदिनु हुँदैन /

  •  1 Reply
  • Ramjoshi shah

    May 7, 2020, 6:02 p.m.

    सुझाव गयो कि गएन थाहै हुदैन Sir

  •  0 Reply
  • पृथ्वी सिंह

    May 7, 2020, 5:33 p.m.

    आखिर कहिले सम्म हामी भारतीयहरुको अवरोध खेप्नु पर्छ? कहिले नाकाबन्दी को मार त कहिले सिमाना विवाद। आखिर के हेरेर बस्नु भएछ हाम्रो सरकार ??

  •  0 Reply

तपाईको प्रतिक्रिया