सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाइसक्यो : कांग्रेस

 बैशाख २६, २०७७ शुक्रबार १८:२६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएको छ । 

कोरोना सङ्क्रमणको विषम परिस्थितिमा पनि भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा संलग्न हुनु तथा  सांसद जस्तो आवाञ्छित र अपराधिक गतिविधिमा संलग्न हुनुले सरकारको नैतिक र राजनैतिक आधार गुमेको निष्कर्ष कांग्रेसको छ ।

त्यसैगरी कांग्रेसले सकरारको  अधिनायकवादी नियत विरुद्ध निरन्त लड्ने चेतावनी पनि दिएको छ । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘विषम परिस्थितिमा भ्रष्टाचारका विषय सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मुल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त हुनु , सांसद को अपहरण हुनु, आवाञ्छित र अपराधिक गतिविधि कुनैपनि रुपले स्वीकार्य हुन सक्तैनन्  । यी विषयमा नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिनुको साथै अत्यन्त सुक्ष्म ढंगले विशेष गरी यो सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको छ ।’

लकडाउको समयमा श्रमिक, बेरोजगार, विद्यार्थी तथा सुकुम्बासीलाई आवश्यक राहतको व्यवस्था गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “सुकुम्बासीलाई जाउलो पुर्याउने तत्कालीन दायित्व विर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क नै थिएन ।

लकडाउनले श्रमिक बेरोजगार र विद्यार्थीहरुलाई सबै भन्दा संकटमा पारेको, सरकारले प्रयाप्त राहत नदिंदा हजारौ श्रमिक पैदल हिडेर गाउँ फर्किएको तथा न खान दिने न गाउँ जान दिने सरकारको यस्तो व्यवहारले जनतालाई आहत पुर्याएको उहाँले आरोप लगाउनु भयो ।

सरकारले लोकतान्त्रिक मूल्य र मान्यता र संविधानको भावना विपरीत दुई वटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक र गैर जिम्मेवारी प्रर्दशित गरेको दाबी उहाँले गर्नुभयो ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबै मिलेर साथ दिएका बेला दल विभाजन र संबैधानिक परिषद्को गरिमा समाप्त पार्ने षडयन्त्रपुर्वक अध्यादेश ल्याउनुबाट  प्रधानमन्त्रीको नियोजित नियति प्रष्ट भएको टिप्पणी गर्नुभयो ।

उहाँले सांसद अपहरणमा सरकार संलग्न देखिनु दुर्रभाग्यपुर्ण कार्य रहेको भन्दै संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो “एक सांसदको अपहरण हुनु र त्यसमा सरकारको संलग्नता देखिनु अर्को दुर्रभाग्यपुर्ण कार्य हो । म यस घटनाको निन्दा गर्दे अपराधमा संलग्न सबैलाई कडा कारवाही गर्न माग गर्दछु ।

उहाँले कोरोना विररुद्धको लडाईमा साथ दिए पनि सरकारको अधिनायवादी नियत विरुद्ध निरन्त लड्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने विषयमा सरकारलाई हरसंभव सघाउने तर वेथिति भ्रष्टाचार र अधिनायवादी नियतका विरुद्ध निरन्त लड्ने यी दुई नितीलाई हामी निरन्तरता दिने छौ ।’

उहाँले पर्याप्त सामग्रीको अभावमा पनि उच्च मनोबल सहित अग्रभागमा बसेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी एवं सरसफाईको क्षेत्रमा काम गर्नेहरुको प्रशंसा गर्दै श्रद्धा प्रकट गर्नुभयो ।

उहाँले कोरोना सङ्क्रमणले निम्त्याएको विषय परिस्थितिमा पनि  धैर्य गर्दै सरकारसंगै नरहेर पनि संगै लड्न सकिन्छ भन्ने राष्ट्रिय एकताको भावना सहित प्रतिपक्षीले काम गरिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया