सिसेल्समा ज्यान गुमाएका ज्ञानेन्द्र श्रेष्ठको उतै अन्त्येष्टि

 बैशाख ३१, २०७७ बुधबार १६:५१:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – हृदयघातका कारण सिसेल्समा  ज्यान गुमाएका सुनसरी बराह नगरपालिका १ का ज्ञानेन्द्र श्रेष्ठको बुधबार उतै अन्तेष्टि गरिएको छ ।

गएको मार्च २२ का दिन ज्यान गुमाएका श्रेष्ठको २३ दिनपछि आज  सिसेल्समै अन्त्येष्टि गरिएको सिसेल्सका एनआरएनए अध्यक्ष रामप्रसाद पन्तले बताउनुभयो ।

पन्तका अनुसार अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै मृतकका परिवार र सम्बन्धित कम्पनीको सहमतिमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको हो ।
ज्ञानेन्द्र २०१५ जुन १५ देखि सिसेल्सको सनसाइन प्रोपर्टी प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डका  रूपमा काम गर्दै आउनुभएको थियो ।

सँगै काम गर्ने साथीका अनुसार सधैंझैं आफ्नो कामबाट फर्किएर नुहाएपछि ज्ञानेन्द्र ट्वाइलेट जानुभएको थियो । ट्वाइलेट पसेको केहीछिनमै भित्रबाट एक्कासी आवाज आएको थियो । त्यहाँ पुगेर हेर्दा भुइँमा लडेको र बाहिर निकाल्दासम्म उहाँको ज्यान गइसकेको उहाँसँगै कार्यरत साथीले बताएका छन् ।

पोस्टमार्टमको रिपोर्टले पनि ज्ञानेन्द्रको हृदयघातका कारण ज्यान गएको देखएको छ । त्यहाँ ज्यान गुमाएका नेपालीको उतै अन्त्येष्टि गरिएको यो पहिलो घटना भने होइन ।

एनआरएनएका अनुसार मुसाबाट सर्ने एक रोगका कारण २०१९ मा ज्यान गुमाएका नवलपुरका सिमबहादुर गुरुङको पनि उतै अन्त्येष्टि गरिएको थियो ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया