दुबईमा नाक, मुख ढाक्ने गरी मास्क नलगाए १ हजार दिर्हाम जरिवाना

 जेठ २, २०७७ शुक्रबार १४:४१:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – दुबईमा मास्क राम्रोसँग नलगाउनेलाई कारबाही हुने भएको छ । नाक, मुख नढाकी मास्क लगाउनेलाई यूएईको दुबई प्रान्तले एक हजार दिर्हाम जरिवाना तोकेको हो ।

मास्क राम्रोसँग नलगाउँदा सङ्क्रमण फैलिने जोखिम भएको भन्दै जरिवाना तोकिएको दुबई प्रहरीलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ ।

अहिले दुबईमा लकडाउन केही खुकुलो गरेपछि रेस्टुरेन्ट, समुद्री किनारा तथा पार्कमा मान्छेको चहलपहल बढेसँगै मास्क लगाउनुपर्ने नियममा पनि कडाइ गरिएको हो ।

मास्कले मुख मात्र छोप्ने, मास्क घाँटीमा झुण्ड्याउने, हातमा समातेर हिँड्ने, पाइन्टको गोजीमा राख्ने गरेको भन्दै यसको सहि प्रयोग गराउन जरिवाना तोक्नुपरेको दुबई प्रहरीले जनाएको छ ।

दुबई प्रहरीका अनुसार मार्च २६ देखि अप्रिल १६ को बीचमा मेडिकल मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने १० हजार दुईसय ८६ जनालाई जरिवाना गरिएको थियो ।

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया