सुदूरपश्चिम : थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ७८ पुग्यो

 जेठ २१, २०७७ बुधबार १५:२३:३६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा काेराेना सङ्क्रमितको सङख्या ७८ पुगेको छ । मंगलबारसम्म ७३ जना सङ्क्रमित रहेकोमा आज थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो । धनगढीमा गरिएको परीक्षणमा कैलालीका तीन र डोटीका २ जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयाे । 

धनगढी उप-महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै डोटीका पूर्वीचौकी ४ का २३ वर्षीय र पूर्वीचौकी ७ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

सुदूरपश्चिमका ७८ जना सङ्क्रमितमध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका सङ्क्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । एक जना सङ्क्रमितको मृत्यु भइसकेको छ भने ८ जना डिस्चार्ज भइसकेका छन् ।

७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भएका हुन् भने एक जना प्रदेश बाहिर डिस्चार्ज भएका हुन् ।

सबैभन्दा बढी कैलालीका ३५ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका ७, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको छ ।

 अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६१, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया