लकडाउनको मोडालिटी बनाउने जिम्मा उच्चस्तरीय समितिलाई

 जेठ २२, २०७७ बिहिबार २०:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले लकडाउन खुकुलो पार्ने मोडालिटी बनाउने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई दिएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले मोडालिटीको कार्ययोजना दुई दिनभित्र पेस गर्न समितिलाई जिम्मा दिने निर्णय गरेको हो । केही दिनयता व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै व्यवसाय सञ्चालन गर्न नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको थियो ।

लकडाउनको मोडालिटीबारे गम्भीर छलफल भए पनि मन्त्रिपरिषद् बैठकले निष्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा उच्चस्तरीय समितिलाई दिइने भएको हो ।

बैठकमा कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा परिरहेको प्रभावकाे विभिन्न पक्षमा छलफल भएको एक मन्त्रीले जानकारी दिनुभएको छ । बैठकमा मन्त्रीहरुले लकडाउनलाई खुकुलो बनाएर नयाँ मोडालिटीमा जानुपर्ने धारणा राखेका थिए ।

सरकारले पछिल्लाे पटक जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया