सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङख्या ९२ पुग्यो

 जेठ २३, २०७७ शुक्रबार ११:५८:२५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या ९२ पुगेको छ । सुदूरपश्चिमका ९२ जना सङ्क्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना सङ्क्रमितको ज्यान गएको छ । बझाङ र बाजुराका एक÷एक जना सङ्क्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ७ जना डिस्चार्ज भईसकेका छन् । सबैभन्दा बढी कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६, ६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

भारतबाट बझाङ आएका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बझाङ जिल्लामा पहिलो सङ्क्रमण भेटिएको हो । २६ वर्षका युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको र अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया