‘महाकाली सन्धिमा ओलीले गल्ती गर्नुभएको हो, आफ्नै पालामा सच्याउनुहोस्’

 जेठ २७, २०७७ मंगलबार १८:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप गिरीले महाकाली सन्धिमा केपी शर्मा ओलीले गल्ती गरेको र अहिले त्यो स्वीकार्नुपर्ने बताउनुभएको छ ।

संविधान संशोधनको विषयमा संसदमा धारण राख्दै नेता गिरीले भन्नुभयो, ‘कुनै बेला प्रधानमन्त्री ओली र म प्रदीप गिरीले संसदको यस्तै मञ्चबाट एकसुर भएर महाकाली सन्धिको समर्थन गरेका थियौँ, त्यतिबेला माधव नेपाल र सीपी मैनालीको नेतृत्वमा बनेको समितिले महाकालीको सीमाङ्कन ठिक ढङ्गले भएको छैन है भनेर रिपोर्ट गरेको थियो, त्यसैकारण त्यो बेला उहाँहरुको पार्टी फुट्यो । तर त्यो बेलामा प्रधानमन्त्री ओली र मैले पनि सायद गल्ती गरेका थियौँ, त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ ।’

उहाँले गल्ती सच्याउन पनि ओलीलाई अनुरोध गर्नुभयो । ‘हामीले गरेको गल्ती तपाईँकै पालामा सच्याउनुस्’, गिरीले भन्नुभयो । उहाँले अहिले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा पनि सरकारले कुटनीतिक कुरा हो भन्दै आएको तर पर्याप्त गृहकार्य नगरेको बताउनुभयो ।

‘पर्याप्त गृहकार्य नगरेको कुटनीति सफल हुँदैन । जमिन हाम्रो भन्नेमा बहस गर्नुेपरेन । तर तयारी भएन । स्यालको सिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ’, उहाँले भन्नुभयो । उहाँले यति ठूलो विषयमा देशभित्रै पनि प्रधानमन्त्रीले पर्याप्त छलफल गर्न नसकेको आरोप लगाउनुभयो ।

‘प्रधानमन्त्रीले नेपाली कांग्रेस र मधेशवादी दलसँग यो विषयमा पर्याप्त कुरा गर्नुभएको छैन, दिल्ली र बेइजिङसँग कुरा गर्नुभयो होला भनेर कसरी विश्वास गर्ने । तर पनि संविधान संशोधनमा समर्थन छ । किन भने हामी नेपाल आमाका सन्तती हौँ ।’ 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया