क्वरेण्टीन व्यवस्थित गर्न, स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारलाई कांग्रेसकाे ध्यानाकर्षण

 जेठ २८, २०७७ बुधबार १३:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै ध्यानाकर्षण गराएको छ । 

कोरोना महामारीले निम्त्याउने अल्पकालीन र दीर्घकालीन समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारले कोरोना महामारी नियन्त्रण गर्न असफल भएको बताएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएपछि कांग्रेस नेता रमेश लेखकले नेपालमा सङ्क्रमण देखिएको साढे चार महिना हुँदा पनि सरकारले तदारुकताका साथ काम गर्न नसकेको बताउनुभयो । 

सरकारले अग्रपङ्क्तिमा रहेर काम गर्नेहरुका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नसकेको, क्वरेण्टीनको उचित व्यवस्थापन गर्न नसकेको, उचित ढङ्गले परीक्षण नभएको उहाँले बताउनुभयो । लकडाउनको साढे दुई महिनाभन्दा बढी समय बित्दासमेत सरकारले अस्पतालहरुको गुणस्तर सुधार गर्न नसकेको, मापदण्ड अनुसार आइसोलेशनको व्यवस्था गर्न नसकेको विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, अस्पतालको क्षमता र गुणस्तर वृद्धि गर्न, उचित ढङ्गले राहत वितरण गर्न सरकारलाई सुझाव दिएको नेता लेखकले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त सुझावहरुलाई गम्भीरताका साथ लिएको बताउनुभयो । कोरोना नियन्त्रणको लागि प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने आश्वासन पनि उहाँले दिनुभएको नेता लेखकले बताउनुभयो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसको तर्फबाट नेता पौडेलसँगै प्रकाशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण र रमेश लेखक ध्यानाकर्षण पत्र बुझाउन पुग्नुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया