नेपाल, स्कटल्याण्ड र नामिबियाबीचकाे त्रिकाेणात्मक सिरिज स्थगित

 जेठ २९, २०७७ बिहिबार १५:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । कोरोना भाइरसकाे कारण स्कटल्याण्ड क्रिकेट बोर्डले सिरिज स्थगित गरेको जनाएको छ ।

बोर्डले विज्ञेप्ति निकाल्दै नवाैँ चरणका खेलहरु स्थगित भएको जनाएको हो । स्कटल्याण्ड क्रिकेटको आग्रहपछि आईसीसीले सिरिज स्थगित गरेको जनाएको छ । प्रतियोगितामा नेपाल, नामिबिया र स्कटल्याण्डले जुलाई ४ देखि ११ सम्म खेल्ने तालिका थियो ।

सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट प्रक्रियाकाे रुपमा रहेको यो प्रतियोगिता अब कहिले हुन्छ भन्नेमा आईसीसीसँग समन्वय गरेर मिति तोक्ने जनाइएको छ । आईसीसी प्रतियोगिता प्रमुख क्रिस टेट्ले विभिन्न देशले कोरोनाकाे कारण विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएकाेले त्यसको असर प्रतियोगितामा परेको जनाएका छन् । 

यसअघि कोरोनाकै कारण नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज पनि आईसीसीले स्थगित गरेको थियो । यो सिरिज नामिबियामा अप्रिल २० देखि २७ मा हुने तालिका थियो । स्कटल्याण्डमा नेपाल, नामिबिया र घरेलु टिमले दुई/दुई एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको थियो ।

यस्तै जुन ९ देखि १६ मा पीएनजीमा हुने नेपाल, पीएनजी र युएईको सिरिज पनि अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ । आईसीसीले विश्वकप च्यालेञ्ज लिग बी अन्तर्गत युगाण्डामा अगस्ट ३ देखि १३ मा हुने प्रतियोगिता पनि स्थगित गरेको छ । यो प्रतियोगितामा बर्मुडा, हङकङ, इटली, जर्सी र केन्याको सहभागिता रहने तालिका थियो ।

साथै मलेसियामा हुने भनिएको आईसीसी मेन्स टी–२० विश्वकपको दोस्रो चरणको छनोट पनि कोरोनाकाे कारण स्थगित भएको छ । यो जुन २६ देखि जुलाई २ ताखिरमा हुने तालिका थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया