बहराइनबाट पहिलो उडानमा २५६ जना नेपाली फर्किने

 असार १, २०७७ सोमबार १६:२७:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बहराइनमा रहेको नेपाली दूतावासले पहिलो प्राथमिकतामा परेर नेपाल फर्किनेहरुको सूची सार्वजनिक गरेको छ । असार ७ गतेको पहिलो उडानमा २५६ जना नेपाली स्वदेश फर्किने दूतावासले जनाएको छ ।

बहराइनको मनामाबाट काठमाण्डौको लागि असार ३ गते भनिएको उडान सरेर असार ७ गते अर्थात जुन २१ तारिखमा हुने भएको हो ।

प्राथमिकतामा नाम परेकाहरुलाई नेपाल एअरलाइन्सले तोकेको नेपालस्थित प्रतिनिधि रमेश पाण्डेलाई मोबाइल नम्बर ‌‍‍‌ +९७७९८४९६३३८७९ (भाइबरमा पनि उपलब्ध) अथवा उहाँको इमेल [email protected] मा सम्पर्क गरी टिकट खरिद गर्न दूतावासको अनुरोध छ ।

यात्रुहरुले नेपालमा रहेका परिवारमार्फत पनि माथि उल्लेखित ठेगानामा सम्पर्क गरेर टिकट काट्न सकिने दूतावासले जनाएको छ ।

बहराइनदेखि नेपालसम्मको चार्टड उडानको टिकटदर अमेरिकी डलर ३९२ अर्थात बहराइनी दिनार १४८ तोकिएको छ । 

नेपाल सरकारले हवाइ यात्रा गर्नको लागि कोभिड १९ परीक्षण अनिवार्य गरेकाले कोभिड १९ परीक्षण गरेर मात्र टिकट काट्न दूतावासको आग्रह छ ।

सूचीमा काे काे परे, हेर्न यहाँ क्लिक गर्नुहाेस्

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया