यूएईमा रहेको दूतावासले भन्यो - भाइरल भिडियोमा सुनिने आवाज दूतावासको आधिकारिक होइन

 असार २, २०७७ मंगलबार १९:८:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले सामाजिक सञ्जालमा भाइरल भएको दूतावासको एक भिडियोमा प्रस्तुत धारणा आधिकारिक नभएको जनाएको छ । 

केही दिन पहिले यूएईमा रहेको नेपाली दूतावासमा एकजना नेपाली श्रमिकले उद्धारको लागि याचना गर्दा दूतावासका कर्मचारीले ‘उद्धार गर्ने काम हाम्रो होइन’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो भिडियोको चौतर्फी विरोध भइरहेको छ । तर  मंगलबार दूतावासले विज्ञप्ति निकालेर त्यो भिडियोमा बोलेको कुरा दूतावासको आधिकारिक  नभएको जनाएको छ ।

‘राजदूतावासका कर्मचारीको आवाजसहितको भिडियो सामाजिक सञ्जालमा राखिएको पाइएकोले यसप्रति दूतावासको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘भिडियोमा व्यक्त गरिएको भनाइ दूतावासको आधिकारिक धारणा नभएको सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।’

तर भिडियोमा सुनिने आवाज दूतावासकै कर्मचारी दस्तुर सिंह बस्नेतको हो । बस्नेत दूतावासका सुरक्षा गार्ड हुनुुहुन्छ ।  अहिले उहाँ दूतावासमा बाहिरबाट आउने मानिसका फोन उठाउने गरी फ्रन्टलाइनमा काम गरिरहनुभएको छ । 

दूतावासको सम्पर्कमा आउने समस्यामा परेका नेपालीलाई त्यहाँका कर्मचारीले सहयोग गर्ने, सम्झाउने र यथार्थ जानकारी दिने गरेको दूतावासको भनाइ छ ।
यस्तै यस्तो अप्ठ्यारो स्थितिमा पनि धैर्यधारण गरेर सहयोग गरेकोमा दूतावासले यूएईमा रहेका सबै नेपालीलाई धन्यवाद दिएको छ । 

आगामी दिनहरु सहज बनाउन र हवाइ उडान चालू गराउन निरन्तर प्रयास भइरहेको पनि दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • खेम अाेझा

    June 16, 2020, 7:20 p.m.

    काेरियाकाे दुतावासमा काम गर्नेहरु झन कडा छन, उद्दारको नाममा लुट धन्धा कहिले सम्म चल्छ हाेला ???

  •  0 Reply

तपाईको प्रतिक्रिया