मलेसियामा अवैधानिक भएका श्रमिकले वैधानिक भएर काम गर्न पाउने

 असार ४, २०७७ बिहिबार १८:१८:४२ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा आवश्यक कागजपत्र नभएर अवैधानिक भएका विदेशी श्रमिकहरु वैधानिक बन्न पाउने भएका छन् । 

इमिग्रेसन डिपोमा रहेका अवैधानिक कामदारलाई रोजगारदाताले काममा राख्न पाउने योजना अगाडि बढ्यो भने त्यस्ता कामदारलाई काममा राख्न सकिने मलेसियाका गृहमन्त्री दातुक सेरी हमजा जैनुद्यीनले बताएका छन्। 
गहृमन्त्री दातुकको भनाई उद्धृत गर्दै द स्टारले लेखेको छ, ‘यो योजनाले वैध स्वीकृतिबिना नै विदेशी कामदारलाई रोजगारी दिने मुद्दालाई सम्बोधन गर्नेछ ।’

गृहमन्त्री दातुकले आफ्नो कार्यकालको एक सयौं दिनको अवसरमा आयाेजित एक कार्यक्रममा बाेल्दै रोजगारदातालाई इमिग्रेसन डिपोमा रहेका अवैधानिक कामदारहरुबीचबाट सम्भावित कामदारको खोजी गर्नको लागि यो योजना ल्याएको द स्टारले लेखेको छ । 

तर पनि आपराधिक गतिविधिका कारण गैरकानुनी भएकाहरुलाई भने यो योजनाले सम्बोधन नगर्ने जनाइएको छ ।

‘अहिले यस विषयमा छलफल भइरहेको छ तर यसको सम्भाव्यताको बारेमा इमिग्रेसन विभाग र त्यहाँका अधिकारीलगायत अन्य एजेन्सीहरुसँग पनि छलफल गर्न आवस्यक छ’, दातुकको भनाइ छ  ।

बिना स्वीकृति काम गर्दै आएका श्रमिकलाई डिपोर्ट गरिने छ । इमिग्रेसन विभागले जनवरीदेखि जुन १५ सम्म गरेको एउटा अप्रेसनमा १७ हजार २२६ जना अवैधानिक रहेका विदेशी कामदारको खोजी गरेको छ । 

मलेसियाको रोजगारदाता संगठनका अनुसार त्यहाँ ३३ लाख अवैधानिक  र २२ लाख वैधानिक कामदार छन् ।

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया