आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारका लागि कार्यविधि बन्दै

 असार ४, २०७७ बिहिबार २०:१२:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका, तर आफ्नै खर्चमा स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने प्रक्रिया सुरु भएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालक निकाय वैदेशिक रोजगार बोर्डमार्फत प्राथमिकतामा परेका कामदारहरुको स्वदेश फिर्ता र उद्धारको लागि कार्यविधि निर्माणको प्रकृया सुरु भैसकेको र कुटनीतिक नियोगमा कार्यान्वयन एवं समन्वयका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध समेत गरिसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आफ्नै खर्चमा फर्कन नसक्ने श्रमिकलाई फर्काउनु भन्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयनको लागि कार्यविधि बनाउन लागिएको मन्त्रालयको भनाई छ ।

श्रमिकले आफ्नै खर्चमा स्वदेश फर्किनुपर्ने सरकारी निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्च अदालतले नेपाल सरकारको नाममा असार १ गते अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले रोजगारीको प्रकृति, आयस्रोत समेतका कारण आफ्नो खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था भै अलपत्रमा परेका वा सम्बन्धित देशमा रहेको नेपाली कुटनैतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने अवस्थामा रहेका व्यक्ति भनी प्रमाणित भएका कामदारलाई नेपाल ल्याई गन्तव्य स्थानसम्म पुर्याउन आदेश जारी गरेको छ ।

साथै अन्तराष्ट्रिय श्रम संगठन, विश्व स्वास्थ्य संगठन समेतका मार्गदशर्नहरु र विशेषतः युनाइटेड नेशन नेटवर्क अर्गनाइजेसनको  मे १४ को विज्ञप्ती समेतलाई मध्यनजर गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिको हक रक्षाको लागि गन्तव्य देशमा रहेका कुटनीतिक नियोगमार्फत पत्राचार गरी सर्वोच्चको आदेश कार्यान्वयन हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Aatish khadka

    June 21, 2020, 6:15 a.m.

    काम नभएको , भीसा पनि सकिएको ....

  •  0 Reply
  • Prabha adhikari khadka

    June 20, 2020, 4:50 p.m.

    ५ महिना देखि काम नभएको र टिकट काटेर नेपाल जान सक्ने अवस्था नभएको हुँदा उद्दार गर्नुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया