कांग्रेसले नागरिकता संशोधन विधेयकमा फरक मत राख्ने

 असार ७, २०७७ आइतबार १४:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष कांग्रेसले नागरिकता संशोधन विधेयकमा फरक मत राख्ने भएको छ ।  

सभापति शेरबहादुर देउवाको निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतका साथ नागिरकता विधेयक पारित भए पनि पार्टीले फरक मत राख्ने निर्णय गरेको हो ।

नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता दिने नेकपाको सचिवालय बैठकले निर्णय गरिसकेको छ । आज बस्ने राज्य व्यवस्था समितिको बैठकले विदेशबाट विवाह गरेर आएकी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्थासहितको विधेयक संशोधन पारित गर्दैछ ।

यसमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सहमति जनाएका छैनन् । यस्तो व्यवस्था भए सामाजिक द्वन्द्व बढ्ने र विभेद हुने दुई पार्टीको अडान छ ।  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया