मेलम्ची खानेपानी आयोजनाका इन्जिनियरसहित २ जना खोलामा बेपत्ता, २ जना घाइतेको उद्धार

 असार ३०, २०७७ मंगलबार १५:९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानीले बगाएर दुई जना बेपत्ता भएका छन् ।

सुरुङ निरीक्षण गरेर फर्कने क्रममा सुरुङको गेट भत्किएर आयोजनाका इन्जिनियर शतिसकुमार गोइत र चालक राधाकृष्ण थापामगर मेलम्ची नदीमा बेपत्ता भएकाे मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

नदीले बगाएका शेखर खनाल र पेम्बादोर्जे तामाङको भने उद्धार गरी उपचारको लागि काठमाण्डाै पठाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया