इमिरेट्स एयरलाइन्सले भारत पाकिस्तान लगायत २९ देशबाट आउने नागरिकको अनिवार्य कोरोना परीक्षण गर्ने

 साउन ११, २०७७ आइतबार १५:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : गल्फ न्युज

कठमाण्डौ – दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अगष्ट १ देखि इमिरेट्स एयरलाइन्सले निश्चित देशबाट आउने यात्रुहरुको लागि कोभिड १९ को पीसीआर परीक्षण अनिवार्य गर्ने भएको छ ।

विश्वका ९ पाँचतारे एयरलाइन्समध्ये इमिरेट्स पनि एक हाे । इमिरेट्सले विभिन्न २९ देशको सूची सार्वजनिक गर्दै ती देशबाट आउने यात्रुहरुको दुबई विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्ने गल्फ न्यूजले लेखेको छ । त्यो सूचीमा भारत पाकिस्तान बंगलादेश लगायतका २९ देशहरु परेका छन् ।

यी देशहरुबाट आउने सबै यात्रुहरुले दुबई विमानस्थल तथा अल माक्ताने अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्ने इमिरेट्स र दुबई एयरपोर्टले जारी गरेको प्रोटोकलमा उल्लेख छ ।

इमिरेट्सले प्रष्ट पार्दै लेखेको छ, ‘माथि सूचीबद्ध देशबाहेकका देशबाट आउने यात्रुहरुले पीसीआर परीक्षण गर्न आवश्यक हुने छैन ।’ अब यूएईका नागरिक समेत त्यहाँका आवासीय, पर्यटक तथा दुबई ट्रान्जिट हुने सबै यात्रु सहित दुबई जाने सबै यात्रुहरुले १ अगष्टदेखि पीसीआर नेगेटिभ भएको प्रमाण हुनुपर्ने छ ।

परीक्षण रिपोर्ट बढीमा ९६ घण्टा ननाघेको हुनुपर्नेछ । पीसीआर परीक्षण रिपोर्टविना फ्लाइटमा चढ्न नदिने एयरलाइन्सले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BIJAY NEUPANE

    July 26, 2020, 3:58 p.m.

    इमिरेट्स एयरलाइन्सको नेपाल उडान छैन !!

  •  0 Reply

तपाईको प्रतिक्रिया