पर्सामा थप ३४ जनामा कोरोना सङ्क्रमण

 साउन २०, २०७७ मंगलबार १२:३:५२ | केसी लामिछाने
unn.prixa.net

पर्सा - पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हाे। 

डाक्टर, पत्रकार, नेपाली सेना, व्यापारी र थुनुवा गरी २८ जना पुरुष र ६ जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । 

योसहित पर्सामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६ सय सात पुगेको छ भने अहिलेसम्म २ सय तीन जना कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् ।  पर्सामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ ।

मंगलबार सङ्क्रमण पुष्टि भएकामा ब्यारेकका ३ जना नेपाली सेना, १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा १ जना, बयोधा अस्पताल र नेशनल मेडिकल कलेजका एक/एक जना डाक्टर रहेका छन्।

पीसीआर परीक्षण गराएका पाँच जनामा समेत काेराेना सङ्क्रमण देखिएको छ । वीरगञ्जका विभिन्न वडाका ३६ देखि ४९ वर्षसम्मका १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

त्यस्तै पोखरिया नगरपालिकाका २ पुरुष र १ महिलामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै जिराभवानी गाउँपालिका सेढवाका २२ वर्षका १ जना युवामा पनि सङ्क्रमण देखिएको छ ।

त्यसैगरी बारा जिल्ला कलैयाका २९ वर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलंगवा वडा नम्बर ८ का ४८ वर्षका १ जना पुरुष रहेका छन् । ​स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ८ लाख ९८ हजार ९ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा २० हजार ७ सय ५० जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १४ हजार ९ सय ६१ जना निको भएका छन् भने ५ हजार ७ सय ३२ जना आइसोलेशनमा छन् । १० हजार ४ सय ५२ जना क्वरेण्टीनमा छन् । ५७ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया