सुनको भाउमा अर्को रेकर्ड

 साउन २२, २०७७ बिहिबार १०:१७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ उकालो लाग्ने क्रम कायमै छ । 

आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ थियो ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ । 

अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । 

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया