कोरोना जितेर कतारबाट घर फर्किएँ

 साउन २७, २०७७ मंगलबार १५:५६:३८ | मेरो कथा मेरो भोगाई

दिपेन्द्र कटुवाल, काठमाण्डौ ।

म निकै लामो संघर्षपछि हिजो सोमबार कतारबाट कोरोनालाई जितेर घर आइपुगेको छु । अहिले त होम क्वरेण्टीनमा छु ।

मेरो पुरानो घर त धनकुटा हो । तर अहिले काठमाण्डौमा नै बस्छौं । कतारको गर्मी सहेँ । परिआएका हरेक अप्ठेरा परदेशमा एक्लै सहें । कोरोनालाई पनि जितें । महामारीका बेलामा संघर्षको समुद्र छिचोल्दै घर पनि आइपुगें । तर यो महामारीमा कताकता मन दुख्दो रहेछ ।

अहिले म स्वस्थ छु । मलाई कुनै गाह्रो छैन । होम क्वरेण्टीनको नियम पालना गर्दै घरमा बसिरहेको छु । म विदेशबाट फर्किएँ । मेरो कारणले अरुलाई जोखिम बनाउने छैन । दुई हप्ता क्वरेण्टीनमा बसेर पनि भौतिक दूरी कायम गरी आफू, आफ्नो परिवार र समाजलाई जोखिमबाट बचाउने प्रतिबद्धता गर्दछु ।

तर अहिले क्वरेण्टीनमा बस्दा मन खल्लो हुन्छ । घरमा छु । बालबच्चा परबाट चिहाएर हेर्छन् । लाग्छ विदेश बसेर आउने, तर आफ्नै परिवारसँग भेट हुन नपाउँदाको क्षण साह्रै पीडादायी हुँदो रहेछ । छरछिमेकी त परको कुरा भयो आफन्तसमेत नजिकिन नदिने यो कोरोनाको कहरबाट कहिले मुक्ति मिल्ला थाहा छैन ।

हुन त यो कोरोनालाई जितेर आएको हुँ म । म कतारमा निरन्तर काम गरिरहेकै थिएँ । एकाएक फैलिएको कोरोना आफ्नै कम्पनीका केही साथीहरुलाई पनि पोजिटिभ भएको सनसनी हल्ला चल्यो । वास्तविकता पनि हो रहेछ । मलाई पनि विस्तारै केही लक्षणहरु देखिन थाल्यो ।

रिपोर्ट पोजेटिभ भएपछि अस्पताल त लगियो । तर त्यहाँ हजारौं म जस्तै सङ्क्रमित देख्दा डर लाग्यो ।

जाँच गराउँदा रिपोर्ट पोजेटिभ आयो । ​वास्तविकता हो नै रहेछ पनि। उता मेरो काम थर्मल गनबाट अरुको तापक्रम चेक गरेर कामदारलाई गेटबाट भित्र छिर्न अनुमति दिनुपर्ने थियो । भोलिपल्ट पोजिटिभ भएको रिपोर्ट आउँदा झसङ्ग त भएँ । रिपोर्ट पोजेटिभ भएपछि अस्पताल त लगियो । तर त्यहाँ हजारौं म जस्तै सङ्क्रमित देख्दा डर लाग्यो ।

क्वरेण्टीनमा बस्न थालेपछि डाक्टरको सुझाव मान्दै गएँ । ज्वरो आउन कम भयो । अनेकन मान्छे, कोरोनाको डर । मलाई त साह्रै तनाब नै भयो । निन्द्रा कम लाग्ने,खानामा स्वाद नहुने हुन थाल्यो । तर यो मलाई मात्र होइन धेरैलाई यस्ते हुँदो रहेछ ।

तनाब भएर होला घरीघरी धेरै सोचाइमा पर्दा जीवन त्याग गरौं गरौं पनि लाग्थ्यो । अनि घरमा नाबालक छोराछोरी सम्झँदा हैन मैले गलत सोच्नु हुन्न रोगले केही गर्दैन मलाई ठूलो असर पनि छैन भनेर सोच्न थाले । मभित्र अरु रोग छैन । हरेश खाएर कमजोर हुँनु हुँदैन भन्दै क्वरेण्टीनमा चार हप्ता आफूले आफूलाई बलियो बनाएर बिताए अनि आफूलाई कोरोना मुक्त भएको महसुस गरेर कोठामा फर्किएँ ।

कोठामा आएपछि कम्पनीले मेडिकल ठिक छ छैन भनेर जाँच गरायो । त्यहाँ पनि राम्रो भएको रिपोर्ट आयो । अनि काममा फर्किएँ । तर अपशोच गएका १२ वर्षदेखि एकै कम्पनीमा काम गरेको म लगायत केही अन्य श्रमिकलार्ई कोरोना सङ्क्रमण भएको कारण हो या काम कम भएर हो राजीनामा गर्न लगाएर कोठामा राखियो । यतिबेला नेपाल फर्कन प्लेन छैन ।

चार्टर प्लेन नेपाल सरकारले उपलब्ध गराए पनि मभन्दा पीडित नेपाली फर्कन पाएका थिएनन् मजस्ता हजारौं जना घर फर्कने दिन कुरिरहेका थिए । कमाउन गएको मानिस विना काम परदेशमा बस्नुपर्दाको पीडा कसले बुझ्ने । गाह्रो भयो । तर पनि म कतार सरकारलाई धन्यवाद दिन चाहन्छु ।

अब बाँकी समय आफ्नै जन्मभूमिको एक कुनामा केही गरेरै गुजारा चलाउने प्रयास गर्नेछु ।

किनकी उसले जस्तोसुकै बिरामीलाई पनि हस्पिटल गएपछि राम्रो जाँच गरेर बचाउने प्रयास ग गर्‍यो । यति लामो समयसम्म श्रम गर्न अनुमति दिएकोमा पनि आभार प्रकट गर्न चाहन्छु ।

एक महिनाको पर्खाइपछि बल्ल मेरो जहाज चढ्ने पालो आयो । र म घर फर्किएँ ।

अब बाँकी समय आफ्नै जन्मभूमिको एक कुनामा केही गरेरै गुजारा चलाउने प्रयास गर्नेछु । तर समाजमा कोरोना पीडित अनि विदेशबाट फर्कनेलाई गरिने व्यवहार सुन्दा नरमाइलो लाग्छ । हामी चाहेर कोरोना सङ्क्रमित भएको होइन ।

बाध्यता नपरी यो बेलामा रहरले घर फर्किएको पनि होइन । तर पनि आत्मबल बलियो बनाएर होम क्वरेण्टीनमा बसिरहेको छु ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया