‘सर्वाेच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसँगै सबै खर्च श्रमिकलाई नै बोकाउनु अधिनायकवाद’ : नेपाली कांग्रेस

 भदौ ६, २०७७ शनिबार १५:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन श्रमिकमाथि खर्चिलो प्रणाली लादिएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ ।

महंगो भाडादर तोकेर सरकारले सर्वोच्चको आदेश उल्लंघन गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ । गएको असार १ गते सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परेर नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्धार गर्न’ भनेर सरकारलाई आदेश जारी गरेको थियो ।

६ महिनादेखि बेरोजगार भएर खाडीमा बसेका नेपाली श्रमिकलाई चार्टर्ड फ्लाइटको महंगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको भन्दै नेपाली कांग्रेसले त्यस्ता श्रमिकलाई निःशुल्क स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।

यस्तै कछुवाको गतिमा उद्धार भएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको पीडा बुझ्ने हृदय सरकारसँग नभएको पनि बताउनुभएको छ । सरकारको पछिल्लो निर्णय अनुसार सरकारले विदेशमा अप्ठयारोमा परेका नेपालीलाई उद्धार भन्दा पनि व्यापार बढी गरिरहेको प्रवक्ता शर्माको आरोप छ ।

श्रमिक आफैले चार्टर्ड फ्लाइटको महंगो टिकट काट्नु पर्ने, होटेल क्वरेण्टीनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफै गराउनुपर्ने अनि गाउँ पुग्ने यातायात खर्च समेत आफै व्यहोर्नुपर्ने जस्ता कारणले सरकारसँग मानवताको भावना कम र व्यापारिक दिमाग बढी चलेको उहाँको भनाइ छ ।

सरकारी खर्चमै क्वारेण्टीन, पीसीआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया