विदेशमा अलपत्र दुई सय ६० नेपाली आज स्वदेश फर्किए

 भदौ १३, २०७७ शनिबार २०:२:४१ | रासस
unn.prixa.net

काठमाण्डौ – विदेशमा अलपत्र दुई सय ६० जना नेपाली आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एअरले एक सय ४८ यात्रु काठमाण्डौ ल्याएको छ । त्यस्तै जजिरा एअरलाइन्सले कुवेतबाट एक सय १२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । थप नेपालीको उद्धारका लागि आज राति नेपाल एअरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ । आइतबारका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ ।

भुटानको ड्रक एअरले बिहान पारोबाट काठमाण्डौ चार्टर्ड उडान गर्दैछ । नेपाल एअरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एअरलाइन्सले अबुधाबी र श्रीएअरलाइन्सले म्यानमारको यङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया