विदेशमा रहेका नेपाली श्रमिकको बारेमा जानकारी राख्ने प्रविधिको विकास हुने

 भदौ १४, २०७७ आइतबार १५:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमिकको अवस्था थाहा पाउनको लागि 'डिटेक्ट' प्रविधिको विकास गर्ने जनाएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि लिएका लक्ष्य तथा कार्यक्रमका सम्बन्धमा बोल्दै श्रम मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक कहाँ, के गरिरहेका छन् भन्ने कुराको यकिन जानकारी राख्न डिटेक्ट प्रविधिको विकास गर्ने बताउनुभएको हो ।

यस्तै उहाँले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई उनीहरुको परिवारसँग जोडिराख्नको लागि सम्बन्धित व्यक्तिको परिवारमा इन्टरनेटको व्यवस्था गराउने पनि जानकारी दिनुभयो । यसले गर्दा श्रमिक विदेशमा एक्लो महशुस गर्न नपाउने र परिवारसँग नियमित सम्पर्क भइरहँदा डिप्रेसनको सिकार पनि हुनु नपर्ने उहाँको भनाइ छ ।

यस्तै मन्त्री यादवले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई पुनः एकीकरणको लागि काम भइरहेको पनि बताउनुभयो । वैदेशिक रोजागारीबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगारी दिनको लागि तथ्यांक संकलनमा लागेको र सम्भवतः सबैलाई स्वदेशमै रोजगारी दिइने उहाँले बताउनुभयो ।

यस्तै जीटूजी प्रणालीमार्फत जापान र कोरिया पठाउनेबारे कार्यविधि परिमार्जन गरिने तथा यही प्रणालीमार्फत इजरायल पठाउनको लागि कार्यविधि तर्जुमा गरिने पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया