आज आठ अन्तर्राष्ट्रिय उडानबाट फर्किए ४ सय ८९ नेपाली

 भदौ १४, २०७७ आइतबार २०:२५:४५ | रासस
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आज आठ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र चार सय ८९ नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल एअरलाइन्सले क्वालालम्पुरबाट एक सय ५१ यात्रु ल्याएको छ । हिमालय एअरलाइन्सले क्वालालम्पुरबाट एक सय ५६ यात्रु ल्याएको छ । मालिण्डाे एअरले क्वालालम्पुरबाट एक सय ७३ नेपाली काठमाण्डाै ल्याएको छ । यस्तै श्रीएअरलाइन्सले बैंककबाट एक शव नेपाल ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।

सोमबार पनि नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका चार अन्तर्राष्ट्रिय उद्धार उडान हुने विमानस्थलको तालिका छ । नेपाल एअरलाइन्सले दुबई र दोहा तथा हिमालय एअरलाइन्सले अबुधाबी र दोहामा चार्टर्ड उडान गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया