विदेशमा अलपत्र परेका नेपालीलाई प्रतिदिन ८ सयका दरले उद्धार गरिने

 भदौ १५, २०७७ सोमबार १९:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सरकारले प्रतिदिन ८ सयका दरले उद्धार गर्ने भएको छ ।

पीसीआर परीक्षण सहज भएका देशहरुमा नियमित उडान र पीसीआर परीक्षण सहज नभएका देशमा उद्धार उडान गरिने भएको हो । यसअघि प्रतिदिन ५ सयजना मात्रै ल्याउन पाउने निर्णय गरेको सरकारले अब ८ सय जनामा नबढ्ने गरी नियमित र चार्टड उडान गर्ने भएको हो ।

यात्रु व्यवस्थापन, क्वरेण्टीन व्यवस्थापनको जिम्मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई नै दिने गरी प्रतिदन ८ सय जनालाई ल्याउन सकिने गरी निर्णय भएको सरकारका प्रवक्ता, अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।

विगतमा समन्वय अभावमा केही उडानहरु रोक्नुपरेको स्मरण गर्दै खतिवडाले पीसीआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतार लगायतका देशबाट नियमित उडान गर्न नपाउने निर्णय गरेको छ । ती देशहरुमा नेपाली कुटनीतिक नियोगबाट सिफारिस भएका, आफ्नै खर्चमा नेपाल आउन चाहाने र सम्बन्धित रोजगारदाता कम्पनीले आफ्नो खर्चमा पठाउन चाहेमा उद्धार उडानबाट ल्याइने उहाँले बताउनुभयो ।

नेपालमा अध्ययन गर्न र परीक्षा दिन आउनुपर्ने विदेशी विद्यार्थीहरु पनि आउन पाउने भएका छन् । ७२ घण्टाभित्र पीसीआर परीक्षण गरेको प्रमाणपत्र, नेपालस्थित सम्बन्धि शैक्षिक संस्थामा भर्ना भएको प्रमाणपत्र र नेपाल सरकारले तोकेका मापदण्डहरु पालना गरी आउन पाउने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रवक्ता खतिवडाले नेपाली कुटनीतिक नियोगको सिफारिसमा एकाघरको मृत्यु भइ नेपाल आउनुपर्ने, र गम्भीर अवस्थामा नेपाल आउनै पर्ने अपस्थाा गैर आवासी नेपालीहरु पनि आउन पाउने निर्णय गरेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया