दाङमा १३ जुवाडे प्रक्राउ

 भदौ १८, २०७७ बिहिबार २१:७:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा प्रहरीले १३ जना जुवाडेलाई प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका १४ काे पन्नपुरका निमबहादुर केसीको घरमा जुवा खेलिरहेको समयमा उनीहरुलाई प्रक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १४ का मधुकर बस्नेत, माधव विक, दीपक वादी, राजाराम विक, निर्मल विक, चुडामणि डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले बताउनुभयो ।

त्यस्तै भागवत डाँगी, बाबुराम नेपाली, निमबहादुर केसी, विकेश परियार, दीपक डाँगी, वडा नं  १५ का प्रद्युम्न धिताल र घोराही उपमहानगरपालिका ९ का वसन्त बुढाथोकी प्रक्राउ परेका हुन् । 

उनीहरुको साथबाट ६३ हजार आठ सय ४० रुपैयाँ र जुवा खेल्न प्रयोग भएको एक गड्डी नखोलेको र पाँच गड्डी खोलेको तास पनि नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिनुभयो । 

काेराेना भाइरसकाे सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यसम्बन्धी मापदण्डकाे पालना भएकाे पाइएकाे छैन । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया