कांग्रेसले भन्यो, ‘चीनले सीमा मिचेकाे छैन भन्नु सरकारकाे हताराे टिप्पणी’

 असोज ८, २०७७ बिहिबार १४:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले नेपाल र चीनको सीमासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर स्थलगत अध्ययनको विवरण आउनुभन्दा पहिले नै सीमा मिचिएको छैन भनेर धारणा सार्वजनिक गर्नु गलत भएको बताउनुभएको छ ।

सरकारको जिल्लामा रहेका संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीको स्थलगत अध्ययन जारी रहँदै, अध्ययन पूरा गरेर सदरमुकाम फर्कनुभन्दा पहिले नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसङ्गत नभएको उहाँको भनाइ छ ।

सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु उचित हुने कांग्रेसले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया