रामेछापमा परम्परागत काठकाे ठेकी लोप हुँदै

 असोज २०, २०७७ मंगलबार १३:१४:४७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा परम्परागत रुपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायतका वस्तुहरु लोप हुने अवस्थामा पुगेको छ । 

काठबाट निर्माण हुने दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी, माना साथै घिउ जमाउने हर्पे जस्ता वस्तुहरु लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्लाष्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडाकाे प्रयाेग बढेसँगै काठबाट बनेका परम्परागत वस्तु लाेप हुने अवस्थामा पुगेका हुन् । 

मन्थली नगरपालिका वडा नं- १३ का ठेकी व्यवसायी धनबहादुर विश्वकर्मा भन्नुहुन्छ -' पहिले ठूलो रुख कटहर र दारका काठबाट ठेकीहरु बन्ने गरिन्थ्याे । उत्पादित ठेकी, माना, पाथी राम्रो मूल्यमा बिक्री हुन्थ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ । अर्कोतिर बनाएको काठका भाँडाहरु समेत बिक्री हुन छाडेकाे छ । अहिले यस पेशामा लाग्ने व्यक्तिहरुको समेत पलायन हुने अवस्था आएको छ ।'

आल्म्युनियमका भाँडामा जमाएकाे दही काठबाट बनेका ठेकीमा जमाएकाे जस्ताे गुणकारी नहुने मन्थली नगरपालिका वडा नं-१३ का उपभोक्ता सुमन चौहान बताउनु हुन्छ  । उहाँले भन्नुभयो- 'पहिला काठबाट बनेको ठेकीमा दूध जमाउँदा राम्रो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो । प्लाष्टिक, स्टिल र सिलाबरका भाँडामा जमाएकाे दहीलाई त्यति गुणकारी मानिँदैन । '

अहिले बनेका ठेकी समेत बिक्री नभएर घरमा थन्काउन बाध्य हुनु परेको ठेकी व्यवसायीहरुको गुनासाे छ । दारको काठ बनेको ठेकीको प्रति मानाको २ सय ५० रुपैयाँको दरले बिक्री हुने गरेको थियाे  । त्यस्तै कटहरको काठबाट बनेको एउटा ठेकीको प्रति माना १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको थियो । अहिले बनाएका सबै काठका ठेकीहरु व्यवसायीहरुले घरमा थुपारेर राखेका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया