हुम्लामा चीनले सीमा मिचेकाे प्रमाण सार्वजनिक भइसक्दा पनि सरकार चुप रहनु राष्ट्रघात : कांग्रेस

 असोज २८, २०७७ बुधबार १८:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको विषयमा तत्काल धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सरकारलाई मिचिएको भूमिका बारेमा राष्ट्रको साझा धारणा निर्माण गर्न, चीनसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनीतिक संवादमार्फत समाधान खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न माग गर्नुभएको हो  ।

हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको उहाँको आरोप छ ।

गएको १४ गते कर्णाली प्रदेश सभाका नेता एवं कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले ११ दिन लगाएर गरेको अध्ययन प्रतिवेदनले नाम्खाको लिमीमा चीनले झण्डै दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको निष्कर्ष निकालेको छ ।

'दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण सोध्नु, प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिनु, अध्ययन टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ ।' विज्ञप्तिमा भनिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया