‘देशमा सरकार छ’ भन्ने भ्रमको अन्त्य गर्न सरकार आफै उद्यत छ : कांग्रेस

 कात्तिक ३, २०७७ सोमबार १३:३१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अन्यन्तै गैरजिम्मेवार रहेको बताएको छ । 

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाले नागरिकको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको जनाएको छ । सङ्क्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुसार पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने कांग्रेसको भनाइ छ । 

‘सर्वाेच्च अदालतले केही अघि निःशुल्क रुपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले नागरिक, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

उपचारको दायित्वबाट पन्छिएपछि त देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्यत रहेको पुष्टि कांग्रेसले जनाएको छ । साथै सांसद विकास कोष, दशैँ भत्तालगायत खारेज गरेर नागरिकको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको कांग्रेसको धारणा छ । 

सरकारलाई आफ्नो कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिँदै कांग्रेसले महामारीबाट नागरिकलाई जोगाउन अपिल गरेको छ ।  

सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने निर्णयकाे अहिले चाैतर्फी विराेध भइरहेकाे छ । स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएकाे थियाे ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया