कालीकोट जिल्ला प्रशासन कार्यालय चार दिनका लागि सिल

 कात्तिक १२, २०७७ बुधबार १८:८:४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कालीकोट चार दिनका लागि सिल गरिएको छ ।

कर्मचारीको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेसहित १४ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रशासन कार्यालयले जनाएकाे छ । 

अहिलेसम्म कालीकोटमा दुई सय तीन जनामा सङ्क्रमण देखिएकाे छ भने एक सय ७३ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै सक्रिय सङ्क्रमित ३० जना कालीकाेटका विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया