कात्तिक महिनामा मात्रै ७ हजार भन्दा धेरैले लिए  विदेश जान श्रम स्वीकृति

 मंसिर १२, २०७७ शुक्रबार १३:३८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको कात्तिक महिनामा मात्रै वैदेशिक रोजगारीमा जानको लागि ७ हजार भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारीको बेला विदेशबाट फर्केका र स्वदेशमै बेरोजगार बसेकालाई समेत रोजगारी दिने भनेर सरकारले भनिरहँदा ७ हजार ७ सय ९७ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । 

यो संख्या विश्वका विभिन्न ५३ देशमा जानको लागि श्रम लिएकाहरुको हो । जसमध्ये ६ हजार २ सय २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने एक हजार पाँच  सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका हुन् । 

वैदेशिक रोजगार कार्यालयका अनुसार सबैभन्दा बढी कतार जानको लागि तीनहजार ९०, साउदीको लागि दुई हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै यूएई जानको लागि एक हजार एक सय ७७ जनाले श्रम स्वीकृति लिएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया