‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीले अनेक प्रकरण ढाकछोप गरेर मर्यादा बिर्सनुभयो’

 मंसिर १३, २०७७ शनिबार २०:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी हुनु देशकै लागि लज्जास्पद विषय भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा असर पुगेको भिन्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । विज्ञप्तीमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपालको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन पढ्न आग्रह समेत गरिएको छ ।

कांग्रेसले वर्तमान सरकार बनेपछि देशमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली कांग्रेसले व्यक्त गरिआएको समिक्षालाई ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको उल्लेख छ । एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने गरेका कारण भ्रष्टचार झाँगिएको काँग्रेसको ठहर छ ।

अरु क्षेत्रको शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउंछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले दशेमा झनै बेथिति र भ्रष्टाचार बढाउने भन्दै काँग्रेसले वाइड बडि, बालुवाटार, यतीदेखि सेक्युरिटी प्रीन्टिङ प्रेस हुँदै स्वास्थ सामग्री खरिद सम्ममा भएको भ्रष्टाचार प्रकरण उपर निष्पक्ष छानबिन र कडा कार्वाहीको माग गरेको छ ।

प्रतिपक्ष, आम संचार माध्यम देखि ट्रान्सपरेन्सी इन्टरनेशनलसँगै पछिल्लो एकबर्षमा भ्रष्टाचार व्यापक वृद्धि भएको बुंदागत तथ्य स्वयं नेकपाभित्रै समेत लिखित रुपमै प्रस्तुत भइ सकेको स्थितिमा भ्रष्टाचारका विरुद्ध अझ प्रखर आवाज उठ्न, उठाउन र तीब्र दबाब सृजना गर्न जरुरी रहेको कांग्रेसको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया