वैदेशिक रोजगारीको लागि जापान जानेहरुलाई आवश्यक कागजात पेश गर्न विभागको आग्रह

 मंसिर २९, २०७७ सोमबार १४:४४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि जापान जाने नेवदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ । 

यस्तै योग्याताको प्रमाणपत्र (सीओई) र कम्पनी सञ्चालनको अनुमतिपत्र (लाइसेन्स टु रन कम्पनी) जाप्निज भाषामा भएमा आधिकारिक निकायबाट अनुवाद गरिएको हुनुपर्ने विभागले जनाएको छ । नेपाली व्यक्तिको कम्पनी भएमा कम्पनी सञ्चालकको रेजिडेन्सी कार्ड तथा सञ्चालक जाप्निज भएमा परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ ।

उल्लेखित कागजात कम्पनीको वेबसाइटमा उल्लेख भएको मेल तथा वेबसाइट नभएको कम्पनीले आफ्नो कम्पनीको डोमेन तथा कर्पोरेट मेलबाट वैदेशिक रोजगार विभागको मेल [email protected] मा पठाएको हुनुपर्ने विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया