रुकुम पश्चिम : कात्तिक १४ देखि हराएका बालक अझै भेटिएनन्, खोजिदिन परिवारको आग्रह

 पुस ६, २०७७ सोमबार २०:११:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमबाट झण्डै दुई महिनाअघि हराएका बालक अहिलेसम्म पनि भेटिएका छैनन् । 

चौरजहारी नगरपालिका१ नाखिराका १४ वर्षीय नन्दराम गिरी (कुस विक्रम) नभेटिएको भन्दै उनका बुबा–आमाले खोजिदिन अनुरोध गर्नुभएको छ । ‘मेरो छोरा गएको कात्तिक १४ गतेदेखि हराएको हो’, उनका बुबा ध्रुव विक्रम गिरीले भन्नुभयो ‘प्रहरी, मिडिया सबैले खोजीमा सहयोग गरिदिनु भए आभारी हुने थिएँ ।’

जानकारीअनुसार ती बालक मुसिकोट नगरपालिका १ मा रहेको मामाघरमा बस्दै आएका थिए । मामाघरबाट निस्केका उनी अहिलेसम्म नभेटिएका हुन् । छोराको खोजीको लागि प्रहरी कार्यालय, माइती नेपाललगायतका निकायमा खबर गरेको तर अझै पत्ता नलागेको बुबा ध्रुवले बताउनुभयो । घर, मामाघर, नेपालगञ्जदेखि काठमाण्डौसम्म छोराको खोजी गर्दै हिँडेको उहाँले जनाउनुभयो । 

छोराको उचाइ ५ फिट ४ इञ्च, गहुँगोरो वर्ण, पातलाे शरीर र नाकमा कोठी रहेको बताइएको छ । कहीँ कतै भेटिएमा नजिकको प्रहरी कार्यालय वा अभिभावकको सम्पर्क नम्बर ९८६९९७३४५३, ९७४८५२२९८५ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया