सेनाको एकीकरण पदयात्रा धादिङमा

 पुस २३, २०७७ बिहिबार ६:५४:५९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ  - नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ धादिङ पुगेको छ । 

गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा नेपाली सेनाको देवीदत्त गण धादिङलाई हस्तान्तरण गरेको छ । 

बोर्लाङबाट हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ ।      

चरङ्गेको शान्तिकालीका आधारभूत विद्यालयमा पुगेपछि स्थानीयबासिन्दा र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । पदयात्राको टोलीले आज कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ ।

दीप र झण्डासहित काठमाण्डौको पल्टन आउँदो २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने सेनाले जनाएको छ । 

गोरखा, धादिङ , नुवाकोट हुँदै काठमाण्डौसम्म पदमार्गको दूरी २६ कोश  छ । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट र वि.सं. १८२५ मा काठमाण्डौ राज्य जितेको र त्यस क्रममा दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाण्डौसम्म ओहोरदोहोर गरेको इतिहास छ ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उद्देश्यले  पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया