प्रधानमन्त्रीको सोच अग्रगामी, प्रचण्ड–माधवकाे साेच पश्चगामी : ऊर्जामन्त्री रायमाझी

 पुस २६, २०७७ आइतबार २०:३३:१ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहबाट ओली समूहमा लाग्नुभएका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड–माधवको सोच पश्चगामी भएको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको कावासोतीमा नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रतिनिधि सभा पुनर्स्थापनकाे कुरा गर्ने प्रचण्ड–माधवको सोच पश्चगामी भएको बताउनुभएको हो ।

मध्यावधि चुनावमा जाने कुरा प्रणाली बचाउने काम भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भने सोच अग्रगामी भएको उहाँले बताउनुभयो ।

अविश्वासको प्रस्तावबाट सरकार लडाएको भए पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन अन्य दल  तयार नहुने र सरकारविहीनको अवस्था ल्याइ गणतन्त्र नै ध्वस्त बनाउनेभन्दा मध्यावधि चुनावमा जाने कुरा प्रणाली बचाउने सोच भएको उहाँको भनाइ छ । प्रचण्ड–माधव भने पश्चगामी बाटोतर्फ लागेको मन्त्री रायमाझीले बताउनुभयो ।

‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर भइरहेको सरकार लडाएर सरकारविहीनको अवस्था ल्याइ सङ्घीय गणतन्त्र नै ध्वस्त हुने, सिस्टम नै कोल्याप्स हुने सम्भावनातिर जानेभन्दा मध्यावधि चुनावमा जाने सोच अग्रगामी हो’, मन्त्री रायमाझीले भन्नुभयो, चुनाव हारौँला जितौँला तर सिस्टम त बच्छ नि ।

प्रचण्ड र माधव नेपालले व्यक्ति स्वार्थका लागि भयङ्क गल्ती गरको मन्त्री रायमाझीले बताउनुभयो । ‘उहाँहरुलाई कुनै विचार, योजना, विधि ,प्रक्रिया मापदण्ड, राष्ट्र, नागरिक, समृद्धि, कोरोना, बाढी पहिरोसँग केही मतलब छैन’, मन्त्री रायमाझीले भन्नुभयो, केवल पार्टी अध्यक्ष र प्रधानमन्त्री पदको लागि भयङ्कर गल्ती गर्नुभयो ।’

प्रचण्ड –माधव नेपालले प्रधानमन्त्री ओलीले राम्रो काम गरे आफ्नो भविष्य के हुने भन्ने चिन्ताले सरकारले गरेका राम्रा कामको प्रचार गर्ने, स्थापित गर्नेभन्दा सुरुदेखि नै भण्डाफोरमा लागेको उहाँले टिप्पणी गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया