ट्रम्पविरुद्ध महाअभियोग लगाउने डेमोक्र्याट्सको संकेत

 पुस २७, २०७७ सोमबार ६:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत देखिएको छ । 

तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याट्सले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने चेतावानी दिनुभएको छ । 

डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधिसभामा महाअभियोग दर्ता हुन सक्ने र महाअभियोगमाथि मंगलबार नै मतदान समेत हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।

ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरेका हुन् । यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स आउँदाे जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुने भएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका बेला राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्नुभएको हो । 

उहाँले नै नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नुभएको हो । तर यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिनुभएको छैन ।   
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया