योगेश भट्टराई प्रति ओलीको टिप्पणी, ‘बैगुनी केटाले लात्तीले हानेर भाग्यो’

 माघ ३, २०७७ शनिबार १७:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपाकाे ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईलाई बैगुनी केटाको संज्ञा दिनुभएको छ ।

प्रदेश १ सम्पर्क कमिटीले काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले योगेश भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताउनुभयो ।

‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’, ओलीले भन्नुभयो ।

तर यस्ता बैगुनीका कुरामा आफू अलमलिन नचाहेको ओलीको टिप्पणी छ । २०७४ सालको चुनावमा ताप्लेजुङ पुगेर प्रधानमन्त्री ओलीले योगेश भट्टराईलाई जिताएर पठाएमा पक्का मन्त्री बनाउने भन्दै भाषण गर्नुभएको थियो । त्यै कुरालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आज योगेश भट्टराइलाईलाई ‘बैगुनी केटो’ भन्दै लाञ्छना लगाउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया