सुरक्षित वैदेशिक रोजगारीका लागि सामी परियोजना अन्तर्गत भएका काम प्रभावकारी

 माघ २७, २०७७ मंगलबार १४:२९:५१
unn.prixa.net

धादिङ – नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले सुरक्षित आप्रवास परियोजना सामी अन्तर्गतका कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

धादिङको नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिसँग सुरक्षित आप्रवासन परियोजनाको विषयमा अन्तक्रिया कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले परियोजना अन्र्तगत पालिकामा भएका कामहरु प्रभावकारी भएको भन्दै उहाँले यो कार्यक्रम गाउँगाउँमा लैजानुपर्नेमा जोड दिनुभयो ।

परियोजना अन्र्तगत धादिङमा वैदेशिक रोजगारमा जाने युवाहरुलाई सुचना तथा परामर्श गर्ने, ठगीमा परेका वा समस्यामा परेकाहरुलाई न्यायमा पैरवी गर्ने, वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई सहि सदुपयोग गर्न वित्तीय साक्षरता कक्षा सञ्चालन तथा वैदेशिक रोजगारको कारण उत्पन्न भएको मनोसामाजिक समस्या तथा मानसिक समस्यामा परेकाहरुलाई परामर्श सेवा प्रदान भइरहेको छ ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना देशका ३९ जिल्लामा सञ्चालित छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया