बाघकाे छाला ओसारपसारमा संलग्न दुई जना सार्वजनिक

 फागुन १२, २०७७ बुधबार १५:४१:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले बाघकाे छाला ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

बुधवार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले बाघकाे छाला ओसारपसार गरी बिक्री भइरहेकाे भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टाेलीले तुलसीपुर उपमहानगरपालिका ४ गाेठी खाेलाबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिनुभयाे ।

पक्राउ पर्नेमा सल्यानकाे बागचाैर नगरपालिका ९ का २९ वर्षीय सन्दीप डाँगी र त्यही पालिकाकाे वडा नम्बर १५ का ३७ वर्षीय इन्द्रबहादुर थापा विक रहेका छन् । उनीहरूकाे साथबाट प्रहरीले बाघकाे टाउकाेदेखि पुच्छरसम्मकाे चार फिट पाँच इञ्च लम्बाइकाे छाला बरामद गरेकाे छ ।

यस्तै, दुवै जना सवार रा ४ प ८८४७ नम्बरकाे माेटरसाइकल र तीन थान माेबाइल पनि बरामद गरी सार्वजनिक गरिएकाे छ । 

एसपी चन्दका अनुसार त्याे छाला १० लाखमा काराेबार भइरहेकाे थियाे । पक्राउ परेका दुवै जनामाथि वन्यजन्तु मारेर ओसारपसारमा संलग्न भएकाे अभियाेगमा मुद्दा दायर गरी थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाइएकाे प्रहरी उपरीक्षक चन्दले बताउनुभयाे ।  

अन्तिम अपडेट: जेठ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया