सल्यान : गाउँमा बिजुली पुगेकाे खुसीमा साेरठी र टप्पासहित नाचे स्थानीय

 फागुन १२, २०७७ बुधबार १९:५२:३८ | हेमराज शर्मा
unn.prixa.net

सल्यान – दाङसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उज्यालो कालीमाटी गाउँपालिका अभियान सञ्चालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बलेको हो । 

सल्यानको  कालीमाटी गाउँपालिका ३ काे रामपुरमा गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सनशिलता ओली डिसीले संयुक्त रूपमा विद्युतको उद्घाटन गर्नुभयो । एक करोड ३८ लाख रुपैयाँको लागतमा आर्थिक वर्ष २०७६/०७७ को बजेटअन्तर्गत कालीमाटीमा विद्युत् विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापाले जानकारी दिनुभयाे । दाङबाट जोडिएको विद्युतले अहिले सात सय बढी घरधुरीले बत्ती बाल्न पाएको थापाले बताउनुभयो ।

यसअघि वडा नम्बर १ को लक्ष्मीपुरमा झण्डै पाँच सय घरधुरीमा र ३ नम्रबको लामिडाँडाको ४० बढी घरधुरीमा बिजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताउनुभयो । केही सातामै चार करोड ५२ लाखको लागतमा बाँंकी रहेका वडाहरूमा विद्युतीकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ । विद्युत् सहकारी र गाउंँपालिकाको साझेदारीमा योजना सञ्चालन हुन लागेकाे उपाध्यक्ष सनशिलता ओली डिसीले बताइन । साथै गाउँपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उहाँले जानकारी दिनुभयाे । 

खुसीयालीमा सोरठी र टप्पासहित नाचगान 

लामो प्रतीक्षापछि गाउँपालिकामा विद्युत् आइपुग्दा स्थानीय हर्षित भएका छन् । खुसीयालीमा स्थानीयले नाचगानसमेत गरेका छन । स्थानीयले गाउँमा बिजुली आएको खुसीयालीमा सोरठी, टप्पालगायत मौलिक लोक कला संस्कृति प्रदर्शन गरेका हुन् ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया