मानव अधिकार आयोगको टोलीमाथि भएको दुर्व्यवहार सम्बन्धमा प्रमुख सचिवसँग जानकारी माग

 फागुन २१, २०७७ शुक्रबार २०:२९:१७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राष्ट्रिय मानव अधिकार आयोगले खेतीयोग्य जमिन र सुरक्षित आवासको माग राखेर बादी समुदायको धर्नाको अनुगमन गर्न गएको टोलीलाई दुर्व्यवहार गरेको भन्ने विषयमा कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठसँग जानकारी माग गरेको छ ।

गएको मङ्गलबार प्रमुुख सचिव श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले बादी समुदायको विषयमा छलफल गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नेपालगञ्जका प्रमुख झंकर रावलसहितको टोलीलाई दुर्व्यवहार गरेको बताएका थिए । 

आयोगले शुक्रबार प्रेस विज्ञप्तिमार्फत अनुगमन टोलीमाथि भएको दुर्व्यवहारको सम्बन्धमा यर्थाथ विवरण उपलब्ध गराउन पत्राचार गरेको जनाएको हो । आयोगले प्रमुुख सचिवलाई तीन दिनभित्र जानकारी उपलब्ध गराउन भनेको छ । 

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया