मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

 चैत ८, २०७७ आइतबार ९:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  - मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

गएराति तीन वर्षका बालकको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । अरु दुई जनाको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ध १ ख ५९२ नम्बरको ट्रक हिजाे दिउँसाे मर्स्याङ्दी नदीमा खसेको हो ।

दुर्घटनामा परेर नासो गाउँपालिका-४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको ज्यान गएको हो ।

यस्तै मर्स्याङ्दी गाउँपालिका-५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका-४ का धनमान भनिने राजु विश्वकर्माको पनि ज्यान गएको डीएसपी सुवास खड्काले उज्यालोलाई जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया