'ध्रुबे' हात्तीले लखेट्दा गैँडा गणनाका टोली घाइते, एक जनालाई हेलिकप्टरमार्फत काठमाण्डाै ल्याइयाे

 चैत २०, २०७७ शुक्रबार १९:४७:३४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – गैँडा गणनामा खटिएको टोलीका सदस्यसहित टोलीमा खटिएका माहुते हात्तीबाट लडेर घाइते भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका २ नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैँडा खासा टेम्पल क्षेत्रमा गैँडा गणनामा खटिएका टोलीलाई जङ्गली हात्ती 'ध्रुबे' ले लखेटपछि हात्तीबाट लडेर कम्तीमा पाँच जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गैँडा गणनामा खटिएका प्राविधिक र माहुतेहरू घाइते भएको उहाँले बताउनुभयो ।

गैँडा गणनाका क्रममा जङ्गली हात्ती 'ध्रुबे' ले गणनामा प्रयोग भएको हात्तीलाई लखटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् । गणनामा खटिएको हात्तीलाई 'ध्रुबे' लखेट्दा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएका संरक्षण अधिकृत बरालले बताउनुभयो । 

हात्तीबाट लडेर गणनामा खटिएका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाहीकाे हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ का ५१ वर्षीय प्रेमलाल कहार चौधरीसहित केही घाइते भएको उहाँले बताउनुभयो । 'ध्रुबे' हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर र कोही भाग्ने क्रममा लडेर , ठोक्किएर घाइते भएका बरालले बताउनुभयो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरू सामान्य घाइते भएको उहाँले बताउनुभयो । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाण्डौ लगिएको छ । गम्भीर घाइते श्रेष्ठकाे नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो । नेपाल आर्मीको हेलिकप्टरमार्फत कावासोतीबाट उद्धार गरी श्रेष्ठलाई काठमाण्डौ पठाइएको प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया