धादिङमा वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा

 बैशाख १९, २०७८ आइतबार १८:५९:५८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि धादिङमा यही वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे छ । 

पहाडी जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन (डीसीसीएमसी) केन्द्रको आइतवारको निर्णयअनुसार निषेधाज्ञा लगाउने जनाएकाे हाे । 

वैशाख २१ गते बिहान ६ देखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयाे । 

नुवाकोटमा पनि वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया