लमजुङको भुलभुलेमा आज बिहान पनि भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प

 जेठ ६, २०७८ बिहिबार ८:४७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बिहान पनि परकम्प गएको छ ।

बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । अब परकम्प बिस्तारै कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो ।

त्यसपछि भने परकम्प जाने क्रम केही कम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चार रेक्टर स्केलको ६ वटाभन्दा धेरै परकम्प गएको छ भने अरु परकम्प चार रेक्टर स्केलको भन्दा साना रहेका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले  घर भत्काउँदा हिजो बेसीसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका थिए ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया