सगरमाथा आराेहणका क्रममा ज्यान गुमाएका आराेहीकाे शव काठमाण्डाै लगियाे

 जेठ १६, २०७८ आइतबार २०:२२:३० | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका एक आरोहीको शव उद्धार गरी काठमाण्डाै लगिएकाे छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाण्डाै लगिएकाे प्रहरीले जनाएको छ ।    

सगरमाथा आरोहणमा जाने क्रममा गएकाे वैशाख २९ गते साँझ ६ः०० बजेकाे समयमा चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो । 

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाण्डाै लगिएकाे उहाँको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 

यस्तै दुई वर्षअघि ज्यान गुमाएका एक अमेरिकी नागरिकको पनि शव परीक्षणका लागि काठमाण्डाै लगिएको थियो । हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाण्डाै लगिएको प्रहरीले जनाएको छ ।

सगरमाथा आरोहण सुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको ज्यान गएकाे छ । स्विट्जरल्यान्डका नागरिक अब्दुल वारिचको पनि गएकाे वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा ज्यान गएकाे थियो ।

यही जेठ ४ गते सङ्खुवासभा घर भएका टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर ज्यान गएकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया