बर्दियामा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

 जेठ १८, २०७८ मंगलबार ६:४५:२७ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि एक महिलाकाे ज्यान गएको छ । 

बाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर ९ नम्बर गाउँकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिककाे राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल-भारत सीमा नजिकै रहेकाे सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएकाे छ। दिउँसै बाघकाे आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया